Support :  9815103000(Ncell)
               : 9866067777(Ntc)

Message From Chair Man

हाम्रो वेवसाइटमा भ्रमण गर्नु भएको मा यहाँलाई हार्दिक स्वागत साथै धन्यवाद व्यक्त गर्न चाहन्छौँ ।
हामी “गुणस्तरीय सेबा हाम्रो मुल मन्त्र “ नारा सहित अगाडि बढिरहेका छौँ ।
हाम्रो कम्पनीमा प्रत्येक व्यक्तिले आफ्नो  उत्कृष्ट सेवा गर्ने सुनिश्चित गरेका छौँ र फलस्वरुप हाम्रा प्रत्येक ग्राहकलाई हाम्रो नारा ले विश्वस्त वनाएको छ । नैतिकता,इमान्दारिता आदि मुल्यमान्यताका साथ व्यापारीक लक्ष्यहरु प्राप्त गर्न अत्यन्त सहज छ भन्ने हामी लाइ पुर्ण विश्वास छ । हामी कडा परिश्रममा ग्राहकलाई प्रतिज्ञा गरिएका काम प्रदान गर्ने र व्यवसायिक सफलता हासिल गर्न ग्राहकको सन्तुष्टिलाई
प्रथामिकता दिने कुरामा दृढ विश्वास गर्दछौँ ।
हामी हाम्रो व्यापार पुर्वाधार, सहि ब्यति प्रविधिमा लगानी हाम्रो व्यापार वढाउन र यसरी काम गर्नको लागि आर्थिक रुपमा बलियो संगठन बनाउन केन्द्रित छौँ ।
हामी सँग साना देखि ठुला ब्यवसाय, संघ सस्थाका लागि उपयुक्तm सफ्टवयर सेवाहरु उपलव्ध छन् जसले आफ्नो प्रविधिलाइ ब्यवस्थित गर्न खोजिरहेका छन् ।
हामी कुनै पनि काम प्रारम्भ गर्नु भन्दा पहिले ग्राहकहरुको आवश्यकताको विश्लेषण गर्दछौँ र सबै पक्षहरुमा ध्यान केन्द्रित गर्दछौँ । हामी हाम्रा कुनै पनि सेवाहरु समयमै उपलब्ध गराउनमा इमान्दारीतका साथ प्रतिवद्घ छौँ । हामी विक्री पछिको सेवा र ग्राहक सन्तुष्टिमा पनि विश्वास गर्दछौँ यहि कारण हो हामी सँग हाम्रा सवै सेवाको समाधानको लागि छुट्टै विभाग रहेको छ । फेरि एक पटक म लगाएत मेरो समुहलाइ विश्वास गरि हाम्रा विचार पढ्नको लागि प्रयोग भएको यहाँको समयको उच्च सम्मान गर्दे दिर्घकालिन र बलियो ब्यापारीक सम्बन्धको लागि तत्पर रहेको जानकारी गराउदछु । धन्यवाद

हाम्रो बारेमा 

आकाश डिजिटल पेमेन्ट् प्रा.लि एक डिजीटल ब्यवस्थापन कम्पनी हो जुन नेपालमा २०७४ देखि सफलतापूर्वक सञ्चालन भइरहेको आइ.टि कम्पनी हो ।

परिचय 

यस कम्पनी बैंकिङ र वित्तीय स्वचालन प्रणाली को बिषेश गरि कर्जा सँग सम्वन्धित कागजतहरु लाई व्यवस्थित र स्वचालित गर्ने कार्य सँग केन्द्रित हुने गरेको छ यस गतिविधिहरूमा १५ बर्ष भन्दा लामो अनुभव भएका सहकारी विज्ञ , सहकारी सफ्टवयर विज्ञ र सामान्य प्रसासन विज्ञ दारा प्रवर्द्धन र व्यवस्थापन गरिएको कम्पनी हो ।
कम्पनीले सबै प्रकारका सरकारी , निजी र सहकारीहरूमा सफलतापूर्वक काम गरिरहेको छ ।
प्रविधि को क्षेत्रमा नेपाली ब्यवसायहरुको बढ्दो आवश्यकताहरूको स्पष्ट बुझाइले ब्यवसाय मा आउने जटिलता लाइ समाधान गर्न सक्षम बनाएको छ जुन उच्च गुणात्मक र लागत–प्रभावी मात्र होइन, ग्राहकको दृष्टिकोणको एक प्रामाणिक धारणा पनि हो ।

संगठन

यस कम्पनी ले व्यापार प्रक्रिया स्वचालन र प्रभावकारी सेवा प्रदानका लागि गुणस्तर र लागत प्रभावी सेवाहरू, सफ्टवेयर सुविधाहरु साथै परामर्शका सेवाहरु प्रदान गर्दछ । 
यस कम्पनी ले नेपाल को प्रविधि उद्योगमा आफ्नो लागि छुट्टै स्थान बनाएको छ र हालका वर्षहरूमा उत्पादन÷सेवा र ग्राहक आधारको हिसाबले अत्यन्त उत्कृष्ट छ । सही समयमा र सही तरिकाले गुणस्तरीय सेवा प्रदान गरी ग्राहकको सन्तुष्टि सुनिश्चित गर्ने आफ्नो क्षमता र प्रतिबद्धताका कारण कम्पनीले अपेक्षाकृत छोटो अवधिमा नै आफ्नो नाम कमाउन सफल भएकोमा कुनै शंका छैन । हाल कम्पनी मा २५ जनाको समुहले दैनिक सेवा प्रदान गरि रहेको छ । साथै नेपाल भर विभिन्न स्थानमा सेवाकेन्द्रहरु सञ्चालनमा छन् ।

दर्शन

कम्पनीको दर्शन मानव मूल्य र व्यक्तिगत सम्बन्धमा जोड दिनु हो । उचित सञ्चार, पारदर्शिता र मानव सम्बन्धमा ठूलो जोड दिइन्छ, जुन कर्पोरेट संस्कृतिको अभिन्न अंग हो । हामीले उत्पादनहरू मात्र विकास गर्दैनौँ सम्बन्धहरू पनि विकास गर्छौं ।
हामी समुहमा विश्वास गर्छौं । हरेक नयाँ दिनको साथ, नयाँ दक्षताहरू प्राप्त गर्ने खोज जारी छ र रहिरहने छ । सधैंभरि सिक्ने र हाम्रो इमान्दार प्रयासका साथ अगाडि बढ्नु र नयाँ अवसरहरू सिर्जना गर्नका लागि हाम्रा दक्षताहरूलाई चुनौती दिनु कम्पनीमा कहिल्यै अन्त्य नहुने प्रक्रिया हो ।.

उदेश्य

हामी नेपाल को जुनसुकै प्रकार को ब्यवसाय लाइ अत्याधुनिक तरिका ले सञ्चालन गरि कम समय मा गुणस्तरिय हिसावले सेवा प्रदान गर्न र नेपाल लाइ आधुनिक युगमा प्रवेश गराउन सहयोग गर्नु यस कम्पनी को मुख्य उदेश्य रहेको छ ।

सेवाहरू

मुख्यत सहकारिहरुमा कर्जा ब्यबस्थित गर्ने सेवाहरू,अडिट सम्वन्धि सेवाहरु ,अन्य डिजिटल सेवाहरु प्रदान गर्दछ ,तपाईं को हुनुहुन्छ र तपाईंको आवश्यकताहरू के हो भन्ने कुराले फरक पर्दैन , तपाईंले हाम्रा प्रत्येक सेवाहरूले निरन्तर रूपमा निम्न मापदण्डहरू पूरा गरेको फेला पार्नुहुनेछः प्रयोगकर्ताका आवश्यकताहरू मा प्रथामिकता दिनेछौँ ।
१) स्वचालित कर्जा ब्यवस्थापन ।
२) दर्ता चलानि सफ्टवयर सुविधा ।
३) कर्जा ग्राहक सेवा व्यवस्थापन ।
४) २४ घण्टा अनलाइन सपोर्ट ।
५) गुणस्तरिय सेवा ।
६) System Audit सेवा
७) Financial Audit सेवा
८) Hr/Payroll Management सेवा