अब नविनतम प्रविधिमार्फत बित्तिय संस्थामा प्रयोग हुने
सबै प्रकारका कागजातको
डिजिटलाइज , डिजिटलाईजेशन तथा अटोमेशन ।
आकाश डिजीटल प्रा.लि सुचना तथा प्रविधिमा काम गरीरहेको एक अग्रणी कम्पनी हो । वित्तिय क्षेत्रमा नयाँ प्रविधी मार्फत कार्यप्रवाहलाई चुस्त, दुरुस्त सहज र सुरक्षीत बनाउदै यस क्षेत्रलाई स्वचालित, पूर्ण डिजीटल र प्रविधिमैत्री बनाउनु हाम्रो मुख्य उद्देश्य हो । गुणस्तरिय सेवा प्रवाहका लागी ग्राहकको सन्तुष्टिलाइ ध्यानमा राखी सदस्यको सुझाबलाई सिरोपर गर्दै उत्कृष्ठ सेवा दिन यस कम्पनी सदैव प्रतिबद्ध छ ।
संसार पासपोर्ट बाट पासवर्डको दुनियामा प्रवेश गरीसकेको सन्दर्भमा नेपालका वित्तिय संस्थाहरुमा पनि आधुनिक प्रविधियुक्त बनाइ ढड्डामा रेकर्ड राख्ने चलनबाट डिजिटल युगमा प्रवेश गराउने र पूर्ण डिजीटल बनाउने । त्यसैगरी नेपाली उत्पादनलाई प्रोत्सहानको नारा व्यवहारमा नै लागु गर्न नेपालमा प्रयोग हुने प्रविधि र सफ्टवेयर नेपालमा नै उत्पादन हुने गरी प्रविधिमा आत्मनिर्भर हुदै हाम्रा सुचना प्रविधीका क्षेत्रका उत्पादन अन्तराष्ट्रिय मापदण्ड अनुरुप रहने गरी गुणस्तरीय उत्पादन गर्ने वातावरण सिर्जना गर्ने ।
हामी हाम्रो वेबसाइट भ्रमण गर्नुभएकोमा हाम्रो न्यानो स्वागत र धन्यवाद व्यक्त गर्न चाहन्छौं। "गुणस्तरको सेवा नै हाम्रो मुख्य मन्त्र" भन्ने नाराका साथ हामी अगाडि बढिरहेका छौं। हामीले हाम्रो कम्पनीका प्रत्येक व्यक्तिले आफ्नो उत्कृष्ट सेवा दिने कुरा सुनिश्चित गरेका छौं र फलस्वरूप प्रत्येक ग्राहक हाम्रो नाराप्रति विश्वस्त छन्। नैतिकता, वफादारी र इमान्दारिता आदिका साथ व्यावसायिक लक्ष्यहरू प्राप्त गर्न धेरै सजिलो छ भन्ने कुरामा हामी पूर्ण रूपमा विश्वास गर्छौं। हामी ग्राहकलाई प्रतिज्ञा गरिएको काम प्रदान गर्न र ग्राहकको सन्तुष्टिमा व्यावसायिक सफलता हासिल गर्न कडा परिश्रम गर्छौं। हामी प्राथमिकता दिनमा दृढ विश्वास गर्छौं। हामी हाम्रो व्यापार पूर्वाधारमा लगानी गर्नमा केन्द्रित छौं, हाम्रो व्यवसाय बढाउनको लागि सही व्यावसायिक प्रविधि र यस तरिकाले सञ्चालन गर्नको लागि आर्थिक रूपमा बलियो संगठन निर्माण गर्न। म तपाईंलाई थाहा दिन चाहन्छु कि म र मेरो टोलीले यहाँ पढ्नको लागि तपाईंको समयको विश्वास र कदर गर्दछौं। हाम्रा विचारहरू र दीर्घकालीन र बलियो व्यापार सम्बन्धको लागि तत्पर छन्। धन्यवाद।
आकाश डिजीटल प्रा.लि सुचना तथा प्रविधिमा पछिल्लो पटक उदयमान भएको आई टि कम्पनी हो । जसले सहकारीमा भौतिक कागजातका कार्यलाई स्वचालित बनाउदै संस्थालाई डिजिटलाइजेसनमा लानको लागी महत्पुर्ण कार्य गर्दछ । कार्यालयको संचालन प्रक्रियालाई जिवन्त रुप दिन यसमा कार्य गर्ने सिंगो व्यवस्थापनको क्षमता चुस्त, दुरुस्त, पारदर्शी लगनशिल र सिकेका सिपहरुको कार्यान्वयनमा ध्यान दिई उत्पादकत्वमा वृद्धि गर्न सक्षम हुनुपर्छ । आजको यो प्रतिस्पर्धात्मक र उत्कृष्टताको समयमा संस्थाको फराकिलो सोचलाई पुरा गर्नको लागि निश्चित रुपमा आकाश डिजीटल को व्यवस्थापन निक्कै नै सक्षम, गतिशिल, प्रभावकारी र आधुनिक हुन जरुरी छ भन्ने कुरामा सचेत रहँदै व्यवस्थापनको नेतृत्वदायी भूमिकाको हैसियतले प्रभावकारी व्यवस्थापन संस्कारको विकास गर्दै बित्तिय क्षेत्रलाई पुर्ण डिजिटलाइज,डिजिटलाइजेसन र स्वचालित बनाउन हामी प्रतिवद्धता छौ ।
साथै हामी व्यवस्थापन पक्षले आगामी दिनमा संस्थाको सेवालाई स्वच्छ, प्रतिष्पर्धी, प्रविधिमैत्री, छिटो छरितो बनाउदै, यहाँले दिनुभएको सुझावलाई शिरोपर गर्दै यस संस्थालाई नेपालकै एक नमुना आई टि कम्पनी बनाउन हाम्रो हरदम प्रयास रहने नै छ । साथै समय सापेक्ष यहाहरुको आबश्यकतालाई पुरा गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं ।
बित्तिय क्षेत्रमा ग्राहक तथा सदस्यलाई प्रदान गर्ने अधिकाश सेवा प्रक्रियामा बिबरणहरु दोहोरीने, सम्पत्ति शुद्धीकरण ऐनले तोके बमोजिम जोखिमको आधारमा अध्याबधिक गरिराख्नु पर्ने , साथै सेवाहरु एकै प्रकृतीको समेत हुने भएकोले जसलाई पुरा गर्न अधिक मानब शंसाधनको समाबेश गर्नु पर्ने , मानबिय हस्तक्षेपको कारणले कतिपय कार्यहरु त्रुटिपूर्ण र ढिला हुन सक्ने भएकोले हालको आधुनिक प्रबिधिको प्रयोगबाट रोवोटिक अटोमेशन मार्फत कामलाई सहज बनाउने अभिभार यस आकाश डिजीटलले लिने गर्छ । त्यसका अलावा आकाश डिजीटलले निम्न सेवा पनि उपलब्ध गराउँछ ।
आकाश डिएमएस सफ्टवयरले सम्पती सुद्दिकरण अनुसारको सदस्य विवरण फारम भरेर व्यवस्थित गराउन साथै जोखिमको आधारमा सदस्य वर्गिकरण गरि सदस्य विवरण अध्यावधिक गर्नुपर्ने रिपोर्ट समेत तयार गर्दछ । जसबाट हामीलाइ सदस्य पहिचान फारम व्यवस्थित गराउन अत्यन्त सहज हुन्छ । सदस्य विवरण माइक्रोसफ्ट एक्सएल र कोर बैकिङ सफ्टवयर बाट पनि एकैपटक तान्न (Import) मिल्ने र अधावधिक गर्न मिल्ने सुविधा भएको कारण समयको वचत गराँउछ ।
सदस्य तथा ग्राहकहरुले हातैले ऋण निवेदन भर्नुपर्ने र त्यसपछी वित्तिय सस्थाका कर्मचारीले त्यसलाइ डिजीटल रुपमा भनुपर्ने झन्झटबाट मुक्त गर्दै डिजिटल प्रणाली मार्फत स्वचालित रुपमा निती ,नियम र प्रक्रिया अनुरुप सम्पुर्ण विश्लेषण सहित कर्जा आवेदको समीक्षा, अनुमोदन, र प्रमाणिकरणका लागि प्रयोगकर्ताहरूलाई आफ्नो पदको सिमा अनुसार स्वचालित रिमाइन्डर र सूचनाहरू मार्फत् प्रमाणिकरण गरि आबेदन देखी लिलामी सम्मका कागजात एक पटक भरेको सुचनाकै आधारमा प्रत्रियागत रूपमा तयार गर्दछ ।
कार्यालयमा आएका र पठाउने पत्रहरुको दर्ता र चलानीका लागी रजिष्टर खोज्न नपर्नेगरी यो सुविधाले इलेक्ट्रोनिक दर्ताका लागि स्वचालित रिमाइन्डर र सूचनाहरू पठाउँछ साथै चलानीको समेत डिजिटल रेकर्ड राखी सम्बन्धीतले अनलाइन नै हेर्न मिल्ने सुविधा उपलब्ध गराउँछ ।
ऋण लगानीका लागी ग्राहकको Character, Capacity, Capital, Collateral, Condition मुल्याङकन र विश्लेषण जटिल प्रक्रिया भएकाले आकाश डिजीटलले उपलब्ध सुचकहरुको मुल्याङन र विश्लेषणका आधारमा ग्राहकले प्राप्त गरेको क्रेडीट स्कोर जानकारी गराइ निर्णय गर्न सघाउँछ । साथै सस्थाहरुले आँफ्नो सस्थाको आवश्यकता अनुसारको मानकको प्रयोग गर्न सक्ने गरि विकास गरिएको छ ।
धितो मूल्याङ्कन प्रतिवेदन यस सिस्टमले धितोको स्थान, धितो सम्म पुर्वाधारको पहुँच, तुलनात्मक बिक्री, परियोजनाको आय विवरण , वातावरणीय कारकहरू, सरकारी नीतिहरू र आबश्यक कागजातहरू जस्ता कारकहरूलाई बिश्लेषण गरेर धितोको मूल्याङ्कन गरि संस्थाले लगानी गर्न योग्य रकमको सही रिपोर्टिङ र संस्थाको निती वमोजिम लगानीका लागी सहजिकरण गर्दछ साथै सँस्थाका सुचिकृत धितो मुल्याङ्कनकर्ता लाइ स्वचालित तवरबाट इमेल पठाउन मिल्ने सुविधा उपलब्ध छ । जसबाट धितो मुल्याङ्कन आशयपत्र धितो सँग सम्वन्धित सम्पूर्ण कागजात र बिबरण इमेल गर्न मिल्ने सुविधा छ जसले गर्दा समयको वचत र कार्य प्रभावकारीता मा बृद्दि गर्दछ ।
सस्थाका संवेदनशील कानुनी तथा अन्य कागजात र डेटा सुरक्षित गर्न नेपालको बिश्बासिलो डेटा सेन्टरमा स्टोरेज हुनेछ जसले भविष्यमा हुने सबै प्रकारका जोखिमलाई न्यूनिकरण गरी गोपनीयता कायम गरी डेटाको सुरक्षा गर्दछ । साथै भबिष्यमा पुन प्रयोग गर्न सकिने गरी डिजिटल स्टोरेज पनि गराउदछ ।
प्राप्त ऋणको आबेदनको सम्पुर्ण विश्लेषण सहित समीक्षा गर्न, अनुमोदन गर्न, र प्रमाणिकरण गर्नका साथै निती ,नियम र प्रक्रिया अनुरुप ऋण आवेदनहरूको स्थिति ट्रयाकिङ र रिपोर्टिङ गर्न मद्धत गर्नेछ । यस सिस्टमले ऋण आवेदनहरू पेश गर्नेदेखि लिएर वितरणसम्मको प्रकियालाइ स्पष्ट सँग हेर्न मिल्ने बनाउछ । कागजातहरू अपलोड र प्रमाणिकरण, स्थिति ट्र्याकिङ, अन्डरराइटिङ, क्रेडिट जाँच जस्ता प्रकिया छिटो छरितो र विश्वसनिय तवरले प्रदान गर्न यो प्रविधि सक्षम छ ।
Read Moreआकाश डिएमएस मा रहको कर्जाको फलोअप तथा कागजात म्याद समाप्ती सुचनाले सस्थामा कर्जा लगानी गरेका सदस्यको कर विवरण को म्याद समाप्ती, विमाको म्याद समाप्ती , सस्थाका विभिन्न कागजातहरुको म्याद समाप्ती विभिन्न विमाहरुको म्याद समाप्तीको सुचना ड्यास बोर्ड सहित उपलब्ध गराउँदछ जसले गर्दा कर्जा लगानी गरिएका ॠणको विमा लगाएत कर को म्याद समाप्ती भएर हुन सक्ने जोखिम लाइ न्युनिकरण गर्न सहजता प्रदान गर्दछ ।
यसमा रहेको कर्जा फलोअप रेकर्डले कुन ॠणीलाई कहिले फलोअप भयो, के भन्यो, अव कहिले , कुन कर्मचारीले फलोअप गर्ने सुचना सम्बन्धीत शाखा प्रमुखले हेर्न मिल्छ भने सम्वन्धित कर्मचारीलाई आज फलोअप गर्नु पर्ने ,यस हप्ता फलोअप गर्नुपर्ने र यस महिना फलोअप गर्नुपर्ने विवरण ड्यासवोर्ड सहित देखाउँछ र एक जना ॠणीलाई गरेको फलोअप विवरण , एक जना कर्मचारी ले गरेको फलोअप विवरण लगाएत विभिन्न रिपोर्टहरु हेर्न सकिन्छ जसले गर्दा ॠणीले व्यवहार र उसको ॠण सँग सम्वन्धित निर्णयहरु गर्न सहजता प्रदान गर्छ
संस्थामा नियमित कार्य संचालनका क्रममा हुने बिभिन्न समिती उपसमितीका बैठकका निर्णयहरु ,सदस्य वा ग्राहकले सेवा लिदा भर्नु पर्ने बिभिन्न फारमहरु र संस्थाले व्यक्ती वा संस्थालाई प्रेषित गर्ने पत्रहरुलाई तयार गर्दा लाग्ने अधिक मानबिय समयलाई कम गराई रोवोटिक अटोमेशनमा मार्फत आबश्यक कागजात तयारीमा सहजिकरण गर्ने छ ।
संस्थामा नियमित कार्य संचालनका क्रममा प्राथमिकता, जरुरीता , महत्वको आधारमा कार्यहरूको सूची तयार गरी प्रभावकारी रूपमा समय व्यवस्थापन गर्न मद्दत गर्दछ र महत्त्वपूर्ण कार्यहरू पूरा भएको सुनिश्चित प्रदान गर्दछ। यो ढाँचाले प्रत्येक दिनको सुरु वा अन्त्यमा स्पष्ट र कार्ययोग्य लक्ष्यहरू सेट गर्न मद्दत गर्दछ। दैनिक वा साप्ताहिक रुपमा कार्यहरुको गतिविधिहरू, नियमित समीक्षा, प्रगति सहित आगामी कार्ययोजनामा सहजिकरण गर्ने छ । यसले व्यक्तिगत र व्यावसायिक दुवै प्रयासहरूमा अधिक उत्पादकता र प्रभावकारिता प्राप्त गर्न मदत पुग्नेछ ।
प्राप्त ऋणको आबेदनको सम्पुर्ण विश्लेषण सहित समीक्षा गर्न, अनुमोदन गर्न, र प्रमाणिकरण गर्नका साथै निती ,नियम र प्रक्रिया अनुरुप ऋण आवेदनहरूको स्थिति ट्रयाकिङ र रिपोर्टिङ गर्न मद्धत गर्नेछ । यस सिस्टमले ऋण आवेदनहरू पेश गर्नेदेखि लिएर वितरणसम्मको प्रकियालाइ स्पष्ट सँग हेर्न मिल्ने बनाउछ । कागजातहरू अपलोड र प्रमाणिकरण, स्थिति ट्र्याकिङ, अन्डरराइटिङ, क्रेडिट जाँच जस्ता प्रकिया छिटो छरितो र विश्वसनिय तवरले प्रदान गर्न यो प्रविधि सक्षम छ ।
सबैप्रथम आकाश डिजिटल टिम प्रति हार्दिक आभार
हालको प्रबिधीयुक्त समयमा हामी जुन बिधि र प्रबिधिको खोजि गरिरहेका थियो त्यस कार्य उपलब्ध गराएकोमा
हाल हामिले यस सफ्टबयर मार्फत कर्जाको डकुमेन्टेसन, दर्ता चलानी र कर्जा फलअप सिस्टम चलाउदै आएका छौ । जसले कर्मचारीको काममा सहजता,उत्पेरित तथा संस्थालाइ उत्कृष्ट बनाउन पद्दत पुगेको महसुस गरेका छौ । धन्यबाद
सबैप्रथम आकाश डिजिटल टिम प्रति हार्दिक आभार
हालको प्रबिधीयुक्त समयमा हामी जुन बिधि र प्रबिधिको खोजि गरिरहेका थियो त्यस कार्य उपलब्ध गराएकोमा
हाल हामिले यस सफ्टबयर मार्फत कर्जाको डकुमेन्टेसन, दर्ता चलानी र कर्जा फलअप सिस्टम चलाउदै आएका छौ । जसले कर्मचारीको काममा सहजता,उत्पेरित तथा संस्थालाइ उत्कृष्ट बनाउन पद्दत पुगेको महसुस गरेका छौ । धन्यबाद
सबैप्रथम आकाश डिजिटल टिम प्रति हार्दिक आभार
हालको प्रबिधीयुक्त समयमा हामी जुन बिधि र प्रबिधिको खोजि गरिरहेका थियो त्यस कार्य उपलब्ध गराएकोमा
हाल हामिले यस सफ्टबयर मार्फत कर्जाको डकुमेन्टेसन, दर्ता चलानी र कर्जा फलअप सिस्टम चलाउदै आएका छौ । जसले कर्मचारीको काममा सहजता,उत्पेरित तथा संस्थालाइ उत्कृष्ट बनाउन पद्दत पुगेको महसुस गरेका छौ । धन्यबाद
सबैप्रथम आकाश डिजिटल टिम प्रति हार्दिक आभार
हालको प्रबिधीयुक्त समयमा हामी जुन बिधि र प्रबिधिको खोजि गरिरहेका थियो त्यस कार्य उपलब्ध गराएकोमा
हाल हामिले यस सफ्टबयर मार्फत कर्जाको डकुमेन्टेसन, दर्ता चलानी र कर्जा फलअप सिस्टम चलाउदै आएका छौ । जसले कर्मचारीको काममा सहजता,उत्पेरित तथा संस्थालाइ उत्कृष्ट बनाउन पद्दत पुगेको महसुस गरेका छौ । धन्यबाद
सबैप्रथम आकाश डिजिटल टिम प्रति हार्दिक आभार
हालको प्रबिधीयुक्त समयमा हामी जुन बिधि र प्रबिधिको खोजि गरिरहेका थियो त्यस कार्य उपलब्ध गराएकोमा
हाल हामिले यस सफ्टबयर मार्फत कर्जाको डकुमेन्टेसन, दर्ता चलानी र कर्जा फलअप सिस्टम चलाउदै आएका छौ । जसले कर्मचारीको काममा सहजता,उत्पेरित तथा संस्थालाइ उत्कृष्ट बनाउन पद्दत पुगेको महसुस गरेका छौ । धन्यबाद
Chairman
Director
Director
CEO
Senior Developers
Support Head
Product Testing Head
Manager
यस कम्पनी ले व्यापार प्रक्रिया स्वचालन र प्रभावकारी सेवा प्रदानका लागि गुणस्तर र लागत प्रभावी सेवाहरू, सफ्टवेयर सुविधाहरु साथै परामर्शका सेवाहरु प्रदान गर्दछ ।
यस कम्पनी ले नेपाल को प्रविधि उद्योगमा आफ्नो लागि छुट्टै स्थान बनाएको छ र हालका वर्षहरूमा उत्पादन÷सेवा र ग्राहक आधारको हिसाबले अत्यन्त उत्कृष्ट छ । सही समयमा र सही तरिकाले गुणस्तरीय सेवा प्रदान गरी ग्राहकको सन्तुष्टि सुनिश्चित गर्ने आफ्नो क्षमता र प्रतिबद्धताका कारण कम्पनीले अपेक्षाकृत छोटो अवधिमा नै आफ्नो नाम कमाउन सफल भएकोमा कुनै शंका छैन । हाल कम्पनी मा २५ जनाको समुहले दैनिक सेवा प्रदान गरि रहेको छ । साथै नेपाल भर विभिन्न स्थानमा सेवाकेन्द्रहरु सञ्चालनमा छन् ।
आकाश डिजीटल ऋण व्यवस्थापन प्रणाली सहज बनाउन, ऋण सञ्चालनलाई अनुकूलन गर्न, जोखिम व्यवस्थापनमा सुधार गर्न र सदस्यहरुलाइ छिटो ,बिश्बासिलो सेवा दिन खोज्ने सहकारी संस्थाहरूको लागि एक महत्वपुर्ण प्रबिधि हो। कागजात तयार गर्न तथा सहकारी सम्बद्ध सबै खाले काममा स्वचालन, विश्लेषण गरी जोखिमहरूलाई प्रभावकारी रूपमा न्यूनीकरण गर्दै दैनिक कामकाजको प्रक्रियाहरूलाई सुव्यवस्थित गर्न, लागत घटाउन र विश्वास वृद्धि गर्न यो प्रविधी प्रभावकारी रहनेछ । यसले बित्तिय संस्थालाई प्रबिधिमत्री बनाउदछ । सस्थामा हुने सबै प्रकारका निती नियम र कार्यबिधि बमोजिम सहजता पूर्वक स्वचालीत तवरले कागजात तयार गराउदछ । समग्रमा तपाइको सहकारीको स्वास्थ्यका लागी यो भरपर्दा डिजीटल साथी बन्न सक्छ
सहकारी क्षेत्रमा लामो अनुभव भएको टिमले सञ्चालन गरेकाले हामी सहकारीले कार्यसम्पादनमा भोग्नुपरेका समस्याहरुसँग राम्रो जानकार छौँ त्यसैले संस्थाहरूको आवश्यकता अनुरूपको प्रविधीयुत्त सफ्टवेर हाम्रो प्राथमिकता रहेको छ ।
हामी डिजिटल रूपान्तरणलाई अगाडी बढाउने उद्देश्य अनुरुप अगाडी बढेकाले यस प्रकारको सेवा सहकारी सस्थाहरुका लागी नेपालमै पहिलो भएकाले पनि आकाश डिजीटल यहाँहरुको प्रविधीमैत्री मित्रका रुपमा स्थापीत हुन सक्दछ ।
Newroad-8 Kaski
Pokhara-5 Kaski
[email protected]
+977-061-590067/591388
+977-9815103000
+977-9827157000
+977-9866067777
Email: [email protected]